काँग्रेसलाई पनि तरुण दस्ता चाहियो
February 23rd, 2009
एचकेनेपाल डट कम संवाददाता-
सभासद् धनराज गुरुङ्ले काङ्ग्रेसलाई सिध्याउन देशी, विदेशी शक्तिहरु लागिपरेकाले आफ्नो ऐतिहासिक छवि बनाउन सफल नेपाली काङ्ग्रेसलाई जीवन्त दिलाउन तरुण दस्ता आवश्यक भएको बताउनुभएको छ।
तरुण दस्ता अराजक क्रियाकलाप बढाउन नभई सङ्क्रमणनकालीन अवस्थाको अन्त्य र आम नेपालीको स्वतन्त्रता कायम राख्नका लागि स्थापना गर्नुपर्ने धारणा राख्नुभयो।
संविधानसभाले बनाउने संविधानलाई प्रभावकारी बनाउने उद्देश्यले सुझाव सङ्कलनका लागि स्याङ्जाको मग्यामचिसापानी गाविसमा आज भएको सभालाई सम्बोधन गर्दै सभाद् गुरुङ्ले सो कुरा बताउनुभएको हो।
सभामा अन्य वक्ताहरुले अब बन्ने संविधान ग्रामीण जनताका दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नेगरी आउनुपर्नेमा जोड दिएका थिए।
Recent Videos:
Popularity: 18%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed