धमलालाई जेल चलान

February 27th, 2009

एचकेनेपाल डट कम सम्वाददाता -
रिपोटर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलालाई शुक्रवार जेल चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुद्दाको थप अनुसन्धान नसकिएसम्म धमलासहित अरु ३ पत्रकारलाई पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको हो।

धमलाका पक्षमा अधिवक्ताहरु शम्भू थापा, माधव बास्कोटा, शेरबहादुर केसी, उपेन्द्र केशरी न्यौपाने, भीमार्जुन आचार्य, इन्द्र खरेल, चन्द्रकान्त ज्ञवाली, ऋषिराम घिमिरेलगायतले बहस गरेका थिए। विहान अबेरसम्म दुबै पक्षबीच थुनछेक सम्वन्धी बहसपछि प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले दिउंसो ३ बजे धमलासहित अन्य तीनजनालाई सदरखोर डिल्लीबजारमा थुनामा राख्न आदेश दिएका हुन्।

धमलालाई भूमिगत संगठन रणवीर सेनासंगको मिलोमतोमा काठमाडौंका विभिन्न ठाउँहरुमा बम पड्काउने, फिरौति असुली गर्नेजस्ता कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी सिंहदरवारस्थित वडा प्रहरी कार्यालयमा थुनामा राखेको थियो। त्यसैगरी, समान आरोपमा रामसुभक महतो, वीरेन्द्र केएम र मनोज महतो पक्राउ परेका थिए।

उनीहरूविरूद्ध मंगलवार हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा दर्ता भएको थियो।

Recent Videos:

Popularity: 8%

Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. birsing  |  February 27th, 2009 at 7:56 pm

    This is a time of flooding and fashion in our country to take every people choose the wrongway.we can learn the lesson from the RISHI DAMALA.we thought he is a good leader of the Nepal patrakar organization.But he was playingdoublepart.CHHI—-CHHI—CHHI.I Blieved it ,the leaves don’t shake without wind.

  • 2. Dhurmus  |  February 28th, 2009 at 3:07 am

    यो ऋषि धमला भन्ने जन्तुको फैसला एक्दमै न्यायिक र कानुन सम्मत छ । यो जन्तु बिषेश गरेर भारतिय दलाल को रुपमा काम गर्दै थियो पछिल्लो समयमा रणबिर सेना संग मिलेर अपराधिक काम मा लागेको खुलासा भएको छ त्यसकारण यसलाई जति सक्दो छिटो र कडा भन्दा कडा सजाय र रिपोर्टेर्स क्लबको अध्यक्ष पद बाट तुरुन्त पदच्युत गरिनु पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2009

Most Popular Posts

More news....