थरुहटले एक लाख सेना भर्ती गर्ने

February 28th, 2009

एचकेनेपाल डट कम संवाददाता-
सरकारले गत माघ २१ गते गरेको निर्णयको प्रतिवादका लागि थरुहट संयुक्त सङ्र्घर्ष समितिले गाउँ गाउँबाट छ महिनाभित्र एक लाख सेना भर्ती गर्ने योजना रहेको बताएको छ ।

समितिले यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सो जानकारी दिँदै मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकको थारु तथा अन्य आदिवासी जातीय सङ्गठनहरूका मुद्दालाई बेवास्ता गरेर सम्पूर्ण थारुलाई थारु जातिको पहिचान र अस्तित्व नै गुम्नेगरी ९२ जातिलाई मधेसी समुदायमा सूचीकृत गर्ने निर्णयप्रति खेद प्रकट गर्दै त्यसका विरुद्ध सशस्त्र प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ।

सरकारले गरेको निर्णय तत्काल फिर्ता लिएर थारुलगायत तमाम आदिवासी जनजातिका अधिकार सुरक्षित हुनेगरी जातीय तथा क्षेत्रीय सङ्घीय अवधारणालाई अग्रगमनको दिशातर्फउन्मुख गराउनुका साथै राज्यका हरेक संरचना र तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको संवैधानिक सुनिश्चितता नभए आफूहरू हड्तालमा जाने नेपाल कुमाल सुधार समाज समितिका अध्यक्ष जीतबहादुर कुमालले बताउनुभयो।

थरुहट स्वायत्त राज्यपरिषद्का अध्यक्ष लक्ष्मण चौधरीले सरकारले गरेको निर्णय खारेज नगरे आमहड्तालको कार्यक्रमलाई जारी राखी ताम्सालिङ, तामाङ, लिम्बुवान्, थरुहटलगायतका १४ वटा सङ्गठनले सञ्चालन गरेको सैनिक तालिमका सैनिकहरू सशस्त्र आन्दोलनमा उत्रने बताउनुभयो।

Recent Videos:

Popularity: 9%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Sangita  |  March 2nd, 2009 at 9:27 am

    जन्जती र किरतीहरुले के बुझनु पर्छ र के गर्नु पर्छ…

    अहिलीए संबिधान लेखन लाई बाधा हरु देखिएको कुर भने …

    (१) जातिय क्षेत्र या जातिय राजाय को माग ले हो। डेमोक्राटिक या रिपब्लिक राष्ट्रमा या संसारको कुनै पनि देशमा यो कुरा लागु छैन। वास्ताबिक कुरा र यथार्थ कुरा गर्ने हो भने यो जातिय राजय र जातिय क्षेत्र माग्नुनै गलतिहो।

    (२) जातिय क्षेत्र र जातिय राजाय ले देश मा नेपाली एक्ता लाई तोढछ र धेरै धेरै जातिय झगडा र यूध नै गराउछ। यो जातिय राजय छोटो बिचार हो, तर बिशाल नेपाल को बिचार होइन।

    (३) जातिय क्षेत्र र जातिय राजाय को बिभाजन ले नेपाल लाइ नै तुक्रौछ, नेपाली लाई नै फताउछ, नेपाल देश नै समाप्त हुन जान्छ।

    (४) सम्बिधान मा के कुर हुनु पर्छ भने। नेपाल को जन्जती, किरात र पिचडियेको जाती हरुलाई माथि उकाल्न, उनिहरुको जीवन इस्थर उचाल्न - उनी हरुलाई संबिधान र कानुन बातै - सरकारी जागिर को सुरकचीत कुओटा हुनु पर्छ। उच सिक्चा हरु मा र निसुल्क बिदेसी उच सिक्चा मा सुरक्चीत कुओता हरु हुनु पर्छ। चेत्त्री र बाहुन हरुकै मात्र अधिकार हुनु हुन्न।

    नेपाल खतम गर्ने र नेपाल खतम गर्नेनै राणा, शाह, चेत्त्री र बहुन हरु ले हो। जनताती र किरती हरुको चाँही कम्जोरी एक्ता मा , सीक्चा मा र धेरै या सुनय जन्चेतना ले हो।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2009

Most Popular Posts

More news....