सर्वाधिक ठूलो काव्य प्रमलाई हस्तान्तरण
March 25th, 2009
एचकेनेपाल डट कम संवाददाता-
नेपालकै सबैभन्दा ठूलो काव्य भनिएको ‘चन्द्रयुग’ भाग १ आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा काव्यकार चन्द्रप्रसाद न्यौपानेले प्रधानमन्त्री दाहाललाई सो महाकाव्य हस्तान्तरण गर्नुभएको हो।
बाइस हजार श्लोक रहेको एक हजार १२४ पृष्ठको ग्रन्थ ग्रहण गरेपछि प्रधानमन्त्रीले पुस्तकमाथि राष्ट्रले गर्व गर्नुपर्ने बताउनुभयो।
सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४१ वर्षअघि सामान्य किसान परिवारमा जन्मिएर शिक्षण पेसामा संलग्न न्यौपानेको यसअघि ३२ औँ कृति प्रकाशन भइसकेको छ।
सो अवसरमा चन्द्रयुगका बारेमा डा. विष्णुहरि नेपालले चर्चा गर्नुभएको थियो।
काव्यकार न्यौपानेले पुस्तक पहिलो भागमात्र भएको बताउँदै यसमा नेपालका राष्ट्रिय विभूति, इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिको चर्चालगायत मानिसले चन्द्रमा छुने युगमा आइपुग्दा नेपालमा भएका उपलब्धिको चर्चा गरिएको जानकारी गराउनुभयो।
Recent Videos:
Popularity: 17%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed