पूर्वराजा ज्ञानेन्द्र नेपाल फर्के
March 25th, 2009
एचकेनेपाल डट कम संवाददाता-
पारिवारिक भोजको बहानामा एक महिनाअघिदेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र आज बुधबार स्वदेश फर्केका छन्।।
दिउँसो साँढे ३ बजेतिर त्रिभुवन विमानस्थलबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रले विमानस्थलमा प्रतिक्षारत सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिन चाहेनन्। प्रतिक्रिया बुझ्न विमानस्थल पुगेका पत्रकार र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। फूलका गुच्छा लिएर ज्ञानेन्द्र भेट्न गएका शुभचिन्तकहरूलाई समेत प्रहरीले रोकेपछि उनीहरू प्रहरीसंग रूष्ट भएका थिए।
भारत भ्रमणका क्रममा उनले काँग्रेस अध्यक्ष सोनिया गान्धी, विपक्षी नेता लालकृष्ण आडवाणी र विपक्षी पार्टी भाजपाका अध्यक्ष राजनाथ सिंहसित भेटेका थिए।
सत्तारुढ माओवादीले ज्ञानेन्द्रको भारत भ्रमणलाई बेबी किङ्ग ब्युँताउने चालका रुपमा आलोचना गर्दै आएका छन्।
Recent Videos:
Popularity: 18%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. ganesh | March 28th, 2009 at 10:37 pm
Purba raja bharat co bhraman pachhi nepal pharkada absaeoani sabaico chaso bad6nai.Tara aba nepalma raj satta lai pheri biutaunu bhaneco deslai aba kharani banaunu ho.raja hamro etihas thiyo yesco anta bhai saceco6.yo aba yeti sajilo sanga pheri biujhane chhaina.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed