बेलायतको बिभिन्न क्षेत्रहरुमा गेसो समिति गठन

June 1st, 2009

चक्रबहादुर राई, फोक्स्टन, बेलायत / एचकेनेपाल डट कम-
गोर्खा भूतपूर्व सैनिक संघ(गेसो) केन्द्रीय कार्य समितिको आयोजनामा आइतवार फोक्स्टनमा सम्पन्न भेलाले संघका महासचिब महेन्द्रलाल राईको सभापतित्वमा गेसो नयाँ कार्य समिति फोक्स्टन गठन गरेको छ।

गेसोको हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय महाअधिबेशनबाट बिधिबतरुपमा बेलायतको गेसो समिति बिघटन भएपछि बेलायतको बिभिन्न क्षेत्रहरुमा गेसो समिति गठन गर्ने निर्णय गरिएको हो। गेसोले आफ्नो संगठनलाई अझ सशक्त पार्दै बेलायतका सबै ठाउंहरुमा संगठन बिस्तार गर्ने र गोर्खाहरुको शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाई समानताको लडाईंलाई चरम बिन्दुमा पुर्याउने र गोर्खाको पक्षमा अधिकार सुनिश्चित गर्न थप अभियान सुरु गरिएको हो।

हालसम्म गेसो रिडिङ, ग्रेज, प्लमस्ट्रिट, बेइजिङ स्टोर्क, फानबोरो, साउथ लनडन मोडेन, नर्थहल्ट, आसफोर्ड र फोक्स्टन समितिलगायत जम्मा ९ स्थानहरुमा गठन गरिसकिएको छ भने बाँकी ठाउँहरुमा चाडै गठन हुने तयारीमा रहेको छ। प्रेमबहादुर शिरिशको सभापतित्वमा फोक्स्टनमा २१ सदस्यीय नयाँ समितिको गठन गरेकोछ। अन्य पदाधिकारी र सदस्यहरुमा उप-सभापति नरबहादुर तामाङ, उप-सभापति कल्पना तामाङ, सचिब बसुन्धरा राई, सह-सचिब जीवनप्रकाश राई, कोशाध्यक्ष मिनाकुमारी राई, सदस्यहरु ओमकुमारी पुर्जा पुन, टिकाराम राना, घमानसिंह घर्ति मगर, निर्मला राई, भोजबहादुर गुरुङ, दुर्गाप्रसाद राई, डम्बरबहादुर पुन, सूर्यप्रसाद राई, रिपुधन राई, सशि पुन, झपिन्द्र थापा, टिकासिंह ठकुरी, प्रेम तामाङ, रामकुमारी पुन र ठाकुरसिंह आले रहेका छन्।

त्यसैगरी, सल्लाहकार समितिमा धनबहादुर लिम्बू, जसबहादुर राई, देवेन्द्र गुरुङ, फिस्टबहादुर राई, नरबहादुर पुन, लछिमबहादुर राई, ध्यानबहादुर राई, द्रिपालाल राई, बिरध्वज लिम्बू र लालबहादुर राई रहनु भएकोछ। कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव कमला गुरुङले गर्नुभएको थियो भने अन्य उपस्थितिमा केन्द्रीय सदस्यहरु निलम राई, प्रेम गुरुङ, चक्रबहादुर राई तथा मध्य पश्चिमाञ्चल क्षेत्रीय सदस्य श्री प्रसाद गुरुङको उपस्थिति थियो।

४७ जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नवगठित समितिलाई संघका महासचिब महेन्द्रलाल राईले खादा ओढाई बधाई तथा शुभकामना दिएका थिए। फोक्सटन समिति गेसोको बाँकी लडाईंमा जुनसुकै हालतमा भएपनि आफ्नो पक्षमा फैसला नभएसम्म त्यसबिरुद्ध आगामी दिनमा समानताको लडाईं लडिरहने जनाएको छ।

Popularity: 19%

Entry Filed under: News, Gurkha News

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. mukhahanujasto  |  June 1st, 2009 at 8:49 pm

    President chahi padamji nai ho ki k ho yo uk ko GAESO? yesto pai hunchha? mukha hanu jasto…

  • 2. rajesh rai  |  June 1st, 2009 at 8:53 pm

    aba bhu pu haruko yo jit pachhi 18 barsa mathika haru pani belayat jana paunu parchha ra aba ge so yo kura ma lagiparnu parcha.

  • 3. giriraj  |  June 1st, 2009 at 9:20 pm

    Aba geso gurkhaliharuko lagi ladirahane
    chha bhanne asa chha.

  • 4. jimee  |  June 2nd, 2009 at 1:50 am

    badhai6 sampuna geaso ka daju bhai ra didibahini harulai jai gurkha

  • 5. Thikk  |  June 2nd, 2009 at 3:34 am

    yeha harulai badhai chha bahaduri bhanne tara aphno adhikar khojna pani daraune harulai pani salam chha thank you.

  • 6. jiren  |  June 3rd, 2009 at 10:33 am

    ok mama maiju haru good job
    well done

  • 7. T.Chamling  |  June 5th, 2009 at 6:56 am

    Yaharu lai badhai 6 ,
    We have to clear up our mess that we made ourselve within our comittee and i hope that our newly elected cenrtral comittee or sub comittee will bring new strong vision agenda to get our 100 % gurkhas right in the UK.We will be supporting day and night no matter what.
    Jay Gurkhas
    Regards
    T.Chamling
    Hayes,London

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in June, 2009

Most Popular Posts

More news....