मोटरसाइकलमा दुई जना चढ्न नपाइने
March 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मोटरसाइकलमा पछाडि यात्रु राखेर चलाउन नपाइने भएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गर्दै शनिबारदेखि चैत मसान्तसम्म यस्तो व्यवस्था लागू गरेका हुन्।
माअोवादी आक्रमणको खतरालाई ध्यानमा राख्दै यसो गर्नु परेको बताइएको छ।
यसअघि सर्वोच्चले व्यक्तिको सम्पत्तिमाथिको हकको उल्लंघन हुने भन्दै मोटरसाइकलमा दुई जना चढ्न नपाउने गरी प्रतिबन्ध लगाउन नमिल्ने आदेश जारी गरेको थियो। यसकारण हाल प्रशासनको सूचनामा ‘अनुरोध ‘ भनिए पनि सुरक्षाकर्मीहरुले त्यसलाई बाध्यकारी रुपमा नै लागू गराइरहेको सडकमा देखिएको छ।
Popularity: 16%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed