एसएलसीको परीक्षाफल प्रकाशितः ६८.७४ प्रतिशत उत्तीर्ण
June 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
विद्यार्थीका लागि फलामे ढोकाको रूपमा लिइने यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल आइतवार प्रकाशित भएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशित गरेको परीक्षाफलमा नियमित तर्फ ६८.७४ प्रतिशत र आंशिक तर्फ ४७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
गत चैत्र महिनामा दिएको एसएलसी परीक्षा २०६५ मा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन्। जसमध्ये नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ११,३०४ डिष्टिंसन, ८७,७७२ प्रथम श्रेणी, १२,५४२१ द्वितीय श्रेणी र १०,१०५ तृतीय श्रेणीमा उतीर्ण भएका छन्।
नियमिततर्फ ३ लाख ४४ हजार १ सय ५१ तथा आंशिकतर्फ ४७ हजार ५ सय ५२ परीक्षार्थी गरी ३ लाख ९१ हजार ७ सय ३ परीक्षार्थी परीक्षामा सम्मिलित थिए। यो बर्ष गत बर्षभन्दा २४ हजार ६ सय ४७ बढि परीक्षार्थी सहभागी छन्।
परीक्षाफल हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
नियमितः
आंशिकः
निम्न वेब साइटहरूमा पनि परीक्षाफल हेर्न सकिने छ..
www.slc.ntc.net.np
www.moe.gov.np
www.doe.gov.np
www.soce.gov.np
त्यसैगरी, फोनमार्फतः
एनटिसीबाट - १४००
युटिएलबाट - ४२५३
मेरो मोबाइलबाट - ३६३६
Recent Videos:
Popularity: 17%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed