मनी नेपाली-
पिट्सबर्ग, क्यालिफोर्निया निवासी निरज श्रेष्ठ केही दिनदेखि बेपत्ता भएका छन्। चार महिनाअघि मात्र घर किन्न सफल श्रेष्ठकी पत्नी र छोरी अत्यन्त व्याकुल अवस्थामा छन्।
यो खबरले उत्तर क्यालिफोर्नियाका नेपाली समुदायमा चिन्ता छाएको छ। यस क्षेत्रका समाजसेवी तथा अगुवाहरू उनको खोजखबर गर्न विभिन्न उपायहरू खोज्दै श्रेष्ठको पत्तो लगाउने प्रयासमा छन्।
बुधवार दिन एनआरएनए आईसीसी सदस्य उत्तम कार्कीको सक्रियतामा मनोहरा थापा, सूर्य शर्मा, सुभाष हमाल पिट्सबर्गसहित एक प्रतिनिधिमण्डल पिट्सबर्ग प्रहरी कार्यालयमा गई उक्त व्यक्तिको खोजी गर्न अनुरोध गरेको छ। टोलीको भनाइअनुसार पिट्सबर्ग प्रहरीले सकारात्मक जवाफ दिएको छ। श्रेष्ठको मिडिया र विभिन्न उपायमार्फत खोजी कार्यलाई तीव्रता दिने भएको छ। पिट्सबर्ग प्रहरीले दुई जना डिटेक्टिभलाई समेत परिचालन गरेको छ।
उत्तर क्यालिफोर्नियाका नेपाली समाजले सम्पूर्ण समुदायमा श्रेष्ठको खोजीमा सहयोग पुर्याउन आह्वान गरेको छ। कसैले निज श्रेष्ठको बारेमा जानकारी प्राप्त भएमा उत्तम कार्कीलाई ५१०-६२०-४३९७ मा सम्पर्क गर्न अनुरोध गर्दै परिवार र समाजको तर्फबाट सम्पूर्ण संघसंस्थाहरूलाई समेत सघाउन अनुरोध गर्नुभएको छ। हराएका व्यक्तिको परिवारले सम्पूर्णलाई अनुरोध गर्दै सबै समुदायका अगुवाहरूलाई समेत खोजी कार्यमा सघाउन आह्वान गरेका छन्।