तीन घटनामा १८ नेपालीको मृत्यु

दैलेखको आठबीस नगारपालिका-४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटनजा हुँदा अन्य १७ जना घाइते भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको ज्यान गएको छ । खाल्डोमा पाइप राखिरहेको बेला माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार राती तीन नेपालीको मृत्यु भएको खबर समाचारपत्रले छापेको छ। मोटरसाइकलमा चढेका उनीहरु रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तिव्र गतिमा आएको रेलले किचेको थियो।





Comments

comments

Leave a Reply

18388