Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
घुम्दैफिर्दै यूएई – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

घुम्दैफिर्दै यूएई

राम ढुंगेल / एचकेनेपाल डट कम –
अबुधाबी। यात्रा आफैंमा कष्टकर हुन्छ। त्यसमा साइकल यात्राको दुःखलाई सबैले महसुस गर्न सकिन्छ। यात्रा पनि एक देशको होइन, विश्व साइकल यात्राको कुरा।

पाँच वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दाँया खुट्टा सुकेको छ। हिंडाइ असहज प्रष्ट देखिन्छ। बाँया खुट्टाको बलले साइकलको पाइडल दबाउंदै २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन, भन्ने सन्देश बोकी यूएई आइपुगेका छन्।

अपाङ्गलाई अवसरको खाँचो छ भन्ने आवाजलाई बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरबन हो। झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुवभ उनीसंग छ।

नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम ट्रेडर्सबाट साइकल किनेर नेपाल, भारतलगायत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौडेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउंछन्। अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन यूएईबासी नेपालीहरुलाई आग्रह गरेका छन्।

यूएईपछि ओमन र त्यसपछि युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन्। साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन्। विभिन्न उदेश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन्।





Comments

comments

4139