Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विमानस्थलमा यात्रुको सामान लगेजबाटै चोर्ने काम रोकिएन

काठमाडौं, माघ २५- ५ दिनअघि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो।

इन्डिगो एयरका यात्रु डिके सिंहले लगेजमा राखेको व्रिफकेसबाट रकम चोरी भएको समाचार कान्तिपुर दैनिकले छापेको छ। विमानस्थलमा सिसिटिभी पनि जडान गरिएको छ। सिंहको रकम झिकेको दृश्य सिसिटिभीमा नभएको विमानस्थलले जनाएको छ।

विमानस्थलमा यात्रुको समान चोरी हुने यो नौलो घटना होइन। लगेजभित्र रहेका आइफोन, मोवाइल, खेलौना लगायतका सामाग्रीहरु चोरी भएको भन्दै दिनमा पाँचदेखि ७ वटासम्मका उजुरी आउने गर्दछन्।





Comments

comments

4147