Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपराधी खोज्न देश-विदेश पुग्दै नेपाल प्रहरी

काठमाडौं, माघ २५ – अपराध अनुसन्धानमा नेपाल प्रहरीले भारतसहित अन्य देशहरुसँग आफ्नो सम्बन्ध र सहकार्य विस्तार गरेको छ। प्रहरीले विदेशमै गएर अपराधीलाई पक्राउ गरेर नेपाल ल्याउन थालेको छ।

केही समयअघि बैंककमा पुगेर अपहरणमा परेका नेपालीलाई मुक्त गराएको नेपाल प्रहरीले हालै मलेसियामा एक मोस्टवान्टेड पक्राउ गरेको छ। नेपाल प्रहरीको आग्रहमा मलेसियन प्रहरीले गैंडाको खाग तस्कर राजुकुमार प्रजालाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली प्रजालाई लिन मलेसिया पुगेको छ। उनलाई आइतबार नेपाल ल्याएर थप अनुसन्धान अघि बढाइने सिआइबीका निर्देशक डीआइजी हेमन्त मल्लले बताए। प्रजाले चितवनमा १५ वटा गैंडा मारेर खाग बिक्री गरेको सीआइबीको अनुसन्धानमा खुलिसकेको छ।





Comments

comments

3842