राई इज किङको दर्शन नमस्ते -४ सार्वजनिक

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

भर्सटायल छबिको गायकको रुपमा परिचित गायक राई इज किङ अर्थात राजेश पायल राईले मंगलबार भव्य समारोहबीच आफ्नो १९ औ नयॉ एल्बम दर्शन नमस्ते -४ सार्वजनिक गरेका छन्।

दर्शन नमस्ते अल्बमको सफलतापछि दर्शन नमस्ते श्रृंखला अन्तर्गतको राजेश पायल राईको चौथो भाग दर्शन नमस्ते -४ लाई संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका नटराज भैरवबहादुर थापाले दरबारमार्गको किंग्स लंजमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो।

नेपाली गायन क्षेत्रको एक उज्जवल नक्षत्र राजेशपायलको ‘दर्शन नमस्ते-४ ’ सार्वजनिक गर्न पाउंदा आफूले सम्मानित महसुस गरेको बताउनुहुदै ८४ बर्षीय नटराज भैरब बहादुर थापाले गायक राईलाई सबै प्रकारको गीत गाउन सक्ने खुबी भएको बताउदै उनको सांगीतिक यात्रामा यो एल्बमले थप सफलता दिलाओस् भन्दै शुभकामना दिए।

साप्ताहिकको प्रस्तुती तथा वाईवाईसंगको सहकार्यमा निकालिएको एल्बम ‘वाईवाई दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन्। जसमा टाइटल गीत दर्शन नमस्ते नै तीन वटा रहेका छन्। उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्काले तीनवटा टाइटल गीतको सब्द -संगीत तयार पारेका छन्। अन्य गीतहरु भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द तथा जसमा बादल लिम्बू, सन्तोषराज, महाराज थापासंगै बरिष्ठ संगीतकार स्व. अम्बर गुरुङको अन्तिम संगीत रहेको छ।

कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए भने उनको अल्बमको मोहनी बोलको गीतको म्युजिक भिडियो समेत देखाईएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28020