न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो ।

गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन ।

अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् । भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो न्युयोर्कका बिभिन्न स्थानमा छायांकन गरिको छ ।

झण्डै एक दशकदेखि अमेरिकामा रहेर निरन्तर नेपाली गीत संगीतमा सक्रिय यशोदाका ‘यशोदा’ र ‘यशोदा–२’ एल्बम सार्वजनिक छन् । गायिका यशोदा नृत्य र अभिनय बिधामा पनि सक्रिय छिन् ।





Comments

comments

Trending Now : ताई मो शानको फेदमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु