शा टीनमा एका विहानै भयो यस्तो खतरनाक दुर्घटना, कारको ठक्करबाट ट्याक्सी चालकको मृत्यु

हङकङ, २६ अप्रिल। प्राइभेट कारले ट्याक्सीलाई शुक्रवार बिहान ठक्कर दिंदा ६८ वर्षीय ट्याक्सी चालकको मृत्यु भएको छ।

लापरवाही ढंगले गाडी चलाएर ट्याक्सी चालकको ज्यान लिएको भन्दै ३३ वर्षीय कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सा टीनस्थित ङयु पे शा स्ट्रीटमा भएको प्रहरीले जनाएको छ।

कारले ठक्कर दिंदा ट्याक्सीको अग्रभाग पूर्णरुपमा क्षतिग्रष्त भएको छ। गम्भीर रुपमा घाइते भएका ट्याक्सी चालक झाउको मृत्यु भएको छ। ट्याक्सीका ६२ वर्षीया महिला यात्रु चेनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

फोटो सौजन्यः अन सीसी न्युज





Comments

comments

28626