रोनाल्डोले किने १ अर्ब ३८ करोड पर्ने विश्वकै महँगो गाडी

युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गत साता विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन्।

रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन्।

फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको थियो। कार जेनेभा मोटर सो २०१९ मा पनि प्रदर्शनीका लागि राखिएको थियो। ८ लिटर टर्बोचार्ज डब्लू–१६ इन्जिन रहेको कार २ सय ६० माइल प्रतिघण्टाको गतिमा कुद्ने क्षमता राख्दछ । यसको नेपाली मूल्य १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्न आउँछ । रोनाल्डोले सन् २०२१ मा मात्र उक्त गाडी पाउनेछन्। कारको भित्रि भागमा अन्तिम निर्माण कार्य अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

उक्त गाडी यसै वर्षको सुरुवातमा सम्पन्न जेनेभा मोटर शो मा पहिलो पटक प्रदर्शन गरिएको थियो। मूल्यवान कारका सौखिन रोनाल्डोले यसअघि मर्सिडीज सी क्लास स्पोर्ट कुप, रोल्स रोएस फेन्टम, उज्न फेरारी ५९९ जीटीओ, लाम्बोर्जिनी एभेनटेडर एलपी ७००–४, एस्टोन मार्टिन डीबी ९, मेकलरेन एमपी १२ सी र बेन्ट्ले कन्टिनेन्टल जीटीसी स्पीड जस्ता मूल्यवान गाडीहरु खरिद गरेका थिए। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29023