शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप

सिन्धुलीमाढी, सिन्धुलीको फिक्कल गाउँपालिका-३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यवहार गरेको खुलासा भएको छ।

फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन्।

बाल यौन दुर्व्यवहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए। यो समाचार कान्तिपुरमा प्रकाशित छ।





Comments

comments

29039