नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।

नक्कली जग्गाधनी खडा गरी नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा निजी कम्पनीका नाममा मालपोत कर्मचारीले जग्गाधनी दर्ता स्रेस्ता खडा गरिदिएका थिए । सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापासमेतले परिपञ्च मिलाई आफ्नै दिदी मीनाकुमारीको नाममा नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाएका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

Trending Now : कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज
29559