चर्चित गीत ‘सुन साइँली”को रोयल्टी खोइ? – हर्क साउद

चर्चित गीत ‘सुन साइँली… चालीस कटेसी रमाउँला’ गीतका सर्जक हुन्, हर्क साउद।

उनले लेखेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका हुन् । हर्क भन्छन्, ‘यो गीतको कन्सेप्ट कालीजीको थियो, पछि हामी सँगै बसेर काम ग‍-यौँ । उहाँले धुन भर्दै जानुभयो, मैले लेख्दै गएँ ।’ यसरी धुन सुन्दै लेखेको गीतले चर्चा पाउँदा उनी मख्ख छन् ।

गीतकारः हर्क साउद

तर, गीतको रोयल्टी उनले पाएका छैनन् । न त रोयल्टी पाउने प्रावधान नै उनलाई थाहा छ । ‘रोयल्टी कहाँ पाइन्छ थाहा छैन, पाउने प्रावधान पनि थाहा छैन, मलाई कसैले दिएको पनि छैन,’ उनले भने । ‘सुन साइँली’ मात्र नभई उनले लेखेका अरू गीत पनि चर्चित छन् । उनी ठेट नेपाली शब्द खोजेर गीतमा राख्छन् । दर्शकले मन पराइदिन्छन् । ‘सुन साइँली’पछि लेखेका उनका गीत पनि स्रोताले मन पराइदिएका छन् । ‘साइँली’ फिल्मका लागि ‘नाच माया’ र ‘प्याटप्याटे चप्पल’, ‘क्याप्टेन’ फिल्मको ‘कर्ली कर्ली कपाल’ गीत लेखिसकेका छन् ।





Comments

comments

29752