बेलायतमा तेह्रथुम समाजको वार्षिक भेला सम्पन्न

सुरेन्द्र इङ्नाम –

केन्ट, बेलायत। बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले शनिवार वार्षिक भेला २०१९ भब्यरुपमा सम्पन्न गरेको छ।

कार्यक्रमाा सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्बीबहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिका रुपमा आसिन रहेका थिए। अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधि सकुन नेम्बाङ्, सङ्खुवा सभा समाजका प्रतिनिधि सुन्दर लिङ्थेप, नेपालबाट आएका गायक विषेशत लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाई सकेका ब्रबिम शेर्मा, तारा लोक्साम, तेह्रथुम समाजका संस्थापक संम्योजक भिमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक गुरुङ्, सल्लाहकार तथा पूर्बअध्यक्ष सूर्य खापुङ्, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एनआरएन यूकेका उप–सभापति श्रीमती सुशिला राई रहेका थिए।

कार्यक्रममा नेपाल र यूकेको राष्ट्रिय गान बजाएरपछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेपछि कार्यक्रम शुरु गरिएको थियो। तत्पश्चात स्वागत नाँच नानीहरुले गरेका थिए। संस्थाका नयाँ आजीवन सदस्यता लिने सदस्यहरुलाई सम्मान पत्र र ब्याज हस्तान्तरण, उत्तम शैक्षिक योग्यता लिने नानीहरुलाई प्रोत्साहन पत्र साथै अन्य कुनै समाजलाई प्रतिनिधि मूलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।

त्यस पश्चात चेलिबेटीहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो।

कार्यक्रमको दोस्रो सत्र संस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो जसमा फेशन सो अन्तर्गत विभिन्न जात जातीहरु लिम्बु, राई, नेवार मगर साथै अन्य जातजातिहरुको मौलिक पहिरनहरुलाई उदृत गर्ने प्रयास मोडेल तथा नायिका सिर्जना निङ्लेकुले गरेका थिए। बेलायतलाई कर्मभुमि बनाएसँगै सिर्जना ढाका फेशन संञ्चालनमा ल्याएकी छिन् जसमा ढाकाका लुगा कपडाहरु अडर अनुसार सुपथ मूल्यमा उपलब्ध हुने छ।

फेशन सोपछि नृत्य, च्याभ्रुङ नाँचलगायत गायकहरु तारा लोक्साम, प्रनेश लिम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्यसम्म सबैलाई भरपूर मनोरञ्जन दिलाए।

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम औपचरिक रुपले सकिएको र बाँकी समय मनोरञ्जनात्मक कोकटेल नृत्य भएको जानकारी दिए।

विहानको १० बजेदेखि सुरु भएर साँझको ७ बजेसम्म चलेको उक्त कार्यक्रम संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए। साङ्गीतिक कार्यक्रमलाई मोडेल तथा नायिका सिर्जना निङलेकुले संचालन र सहध्यक्ष श्रीमती सानु सुब्बाले स्वागत मन्तब्य व्यक्त गरेका थिए।





Comments

comments

29825