कोरियामा न्यूनतम ज्याला बढ्योः मासिक १ लाख ६६ हजार बढी पाइने

फाईल फोटो

काठमाडौं, दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ। बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ।

अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २.९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन् । सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो।

नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघन्टा ८ हजार ५ सय ९० वन(७.३२ डलर) पाउने छन् । यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ।

ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैंयाँ पाउने छन्। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

30627