मान्छे बेच्दै, भाग्दैः बेचिएकी सुनिताको यस्तो कथा

सुनिताको पीडा

पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो। तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९)।

उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन्। त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो।

गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे।

सुरुमा सुनितालाई ती दाइ भगवानजस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन्।

रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यो समाचार  अन्नपूर्णपोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।





Comments

comments

30722