नक्कली एटीएम कार्ड प्रयोग गरी निकालियो करोडौं रुपैयाँ…

फाइल फोटो

चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन्।

उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६ लाख रकम शनिबार अपरान्ह झिकेका थिए।

यस्तै, भारतमा पनि नेपाली बैङ्कको एटीएम कार्ड प्रयोग गरेर १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैङ्कले बताएको छ।

यद्यपि, भारतमा कसको संलग्नता थियो भन्ने केही खुलाइएको छैन।

साथै, नेपालकै कुन बैंकको कति रकम झिकियो भनेर पनि अझै यकिन नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए।

उनले भने, ‘भिसाले राष्ट्र बैङ्कलाई दिएको जानकारी अनुसार ह्याकरहरुले नेपाल र भारतबाट गरेर रु ३ करोड ४५ लाख रकम झिकेका छन्। उनीहरुले भारतमा हजार र नेपालमा ७ सयपटक कार्ड प्रयोग गरी एटीएमबाट रकम झिकेका थिए । यद्यपि, यस विषयमा पूर्ण विवरण भने केही दिनमा आउनेछ।’ आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ।





Comments

comments

31684