ठेक्काबाट साढे दुई अर्ब रुपैयाँ ‘घुस’ प्रवाह

फाइल फोटो

समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घुस’ प्रवाह भएको भेटिएको छ।

यस्ता ठेक्काबाट २।५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो। यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।

कति घुस ?
ठेक्का सम्झौता गर्दा: २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की दिँदा: २ देखि २.५ प्रतिशत
निर्माण सुरु नहुँदै: ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी: १ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम: २ अर्ब ३६ करोड
काम सुरु नहुँदै: ५ अर्ब ३१ करोड

अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन्। तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन। यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।





Comments

comments

31884