धर्मगुरुद्वारा दुई छात्रामाथि यौन दुर्व्यवहार

यौन दुर्व्यवहार

विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका छन्।

उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन्।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन्। सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राको भनाइ छ। यो समाचार नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन्।





Comments

comments

33588