हङकङमा आइतवारदेखि ४ जनाभन्दा बढी भेला हुन नपाउने..

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ मार्च । हङकङ सरकारले आइतवारदेखि चार जनाभन्दा बढी भेला हुन नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ।

हङकङमा कोरोनाभाइरसको संक्रमण दिनहूँ ठूलो संख्यामा बृद्धि हुदै गएपछि सरकारले चार जनाभन्दा बढी भेला हुन नपाउने गरी प्रतिबन्ध लगाउने भएको हो।

परिवारको सदस्यबाहेक अन्य चारजनाभन्दा बढी आइतवारदेखि दुई हप्तासम्म संगै हिडडुल र जम्मा हुन नपाउने भएको छ।


तर, सार्वजनिक यातायात, अदालत, सरकारी भवन, लेग्को वा जिल्ला काउन्सिल बैठक, विवाह र अन्त्येष्टिमा भने यो नियम लागु हुने छैन।

यो नियम उल्लंघन गर्नेलाई २५ हजार डलर जरिवाना र ६ महिना जेल सजाय हुन सक्ने छ।

हङकङमा यो समाचार तयार पारुञ्जेलसम्म कोरोनाभाइरसबाट ५१८ जना संक्रमित भएका छन्। कोरोनाबाट हङकङमा चार जनाको ज्यान गएको छ। त्यसै गरी, विश्वभर कोरोनाभाइरसबाट २६ हजारभन्दा बढीको ज्यान गएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34951