प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ।

धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस् या शोखको रुपमा होस् धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेर पनि निरन्तरता दिन सकिरहेका हुदैनन्।

यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के। उनले करीब अढाई दशकपछि आफ्नो नयाँ गीत ” प्रिय तिमीलाई ” म्युजिक भिडियोसहित भर्खरै मात्र रिलिज गरेका छन्।

गायक रोहित मास्के

२०४९ सालताका ” निश्चल ” नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको टेक्सी टेक्सी, मेरी मायालु बोलका गीतहरु त्यसबेला केही गीतहरु रुचाइएका थिए र उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फेसंगै युगल गीतहरुसमेत गाएका थिए।

धरानको देउसी भैलोदेखि विभिन्न सांगीतिक कार्यक्रममा आफूलाई अब्बल रुपमा अगाडी बढाए पनि एल्बम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएका थिए जसले गर्दा त्यसपछि भने उनि उतै भुलिए। उता हुँदा पनि यदाकदा फुर्सदको केही समय संगीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरु रेकर्ड गराए भने उतै निर्मित ” चुकेको चुरा ” नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन्।

हङकङमा हुने सांगीतिक कार्यक्रममा पनि उनी छुट्दैन थिए। केहि बर्ष अघि मात्र उनी आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका छन्।

निश्चल

धरान आएपछि भने उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन्। धरानमा हुने यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक रोहित मास्केले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजीव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ ” बोलको संदेशमूलक गीत निकाले। उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस, मलाई धेरै धेरै माया लगायतका गीतहरु पनि निकाले।

अहिले भने उनले सन्जिब लामाको शब्द, संगीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरी बोलको गीत भिडियोसहित आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका छन्। प्रशान्त तामाङले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ।

धरानको धरान संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा आबद्ध रहेका गायक अब भने पहिलेदेखि साँचेका र केहि नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन्।

गायक रोहित मास्के

आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको।

प्रिय तिमीलाईको भिडियो लिंक:





Comments

comments

38419