हङकङमा नेपाली पुरुष घरको सींढिमा मृत भेटिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ फेब्रुवरी। हङकङको परिचयपत्रवाहक ४६ वर्षीय नेपाली पुरुषको शुक्रवार राति घरको सींढिमा मृत्यु भएको छ।

समाचार स्रोतका अनुसार यो मा तेईको २०८ नं. शन्घाई स्ट्रीटस्थित घरको सींढिमा नेपाली पुरुष अचेत भेटिएपछि उनकी पत्नीले प्रहरीलाई उद्धारको लागि खबर गरेकी थिइन्।

करीव ८ बजे राति खबर पाउनसाथ प्रहरी र एम्बुलेन्स टोली त्यहाँ पुगेका थिए। स्वास्थ्यकर्मीले उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि घटना संदिग्ध नभएको बताएका छन्। यद्यपि मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। समाचारमा मृतक पुरुषको परिचय खुलाएको छैन।

साङ्केतिक फोटो
फोटोः on.cc




Comments

comments

40499