प्रमोद खरेलको आवाजमा ‘म भन्दा नि.. २’ को अफिसियल भिडियो सार्वजनिक (भिडियोसहित)

चर्चित गीत म भन्दा निको सफलतापछि तिमी बिना बांच्दिन म भन्ने तिमी (म भन्दा नि २) सार्वजनिक भएको छ। जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले।

अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड ४५ लाख भ्युज आईसकेको छ भने दोश्रो भाग पनि ८२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्।

.

धेरै श्रोता दर्शकले म भन्दा नि २ लाई तिमी विना बाच्दिँन म भन्ने तिमी बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी विना बाच्दिँन म भन्ने भाग टिकटकमा भाईरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए।

भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन्। पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ४० लाख भन्दा बढी रहको छ। दाश्रो भाग तिमी बिना बाच्दिन म भन्ने तिमी मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै धेरै श्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए।

.

धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए। सोही अनुरुप प्रमोद खरेलको आवाजमा म भन्दा नि २ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ। सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराइएको छ।







Comments

comments

Trending Now : आङ सान सुकीमाथि ६ वटा नयाँ आरोप
40927