हङकङ कोरोना न्युज अपडेट : आज लोकल केस १…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अप्रिल। हङकङमा आज सोमवार स्थानीय कोरोना सङ्क्रमितको संख्या १ मात्र थपिएको छ।

यद्यपि, १५ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५२५ पुगेको छ।

आयातित सङ्क्रमितमा ६ जना फिलिपिन्सबाट, ५ जना भारतबाट र ४ जना पाकिस्तानबाट आएका रहेका छन्।

स्थानीय सङ्क्रमित ३२ वर्षीय पुरुषको सङ्क्रमणको स्रोत खुलेको छैन। उनी मोङ कोकस्थित फोर्ट्रेसमा काम गर्ने कर्मचारी हुन्।

कुल सङ्क्रमितहरूमा १० देखि ४२ वर्ष उमेर बीचका ७ पुरूष र ९ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१४५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२८ जनाको उपचार भइरहेको छ। ६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41378