Required font: » Kalimati | How to install the Font ?
नोबेल पुरस्कार भनेको अरबौं जनताको एउटा अन्तिम लक्ष्य हो ।

हालसालै मात्र विश्वविद्यालयमा अग्निपूजा नामक निवन्ध संग्रह  सार्वजिनक गरेर थप चर्चामा आउनु भएका डा. गोविन्दराज भट्टराईको जन्म २०१०/१२/०४ गते मेची अञ्चलमा भएको हो । स्थाई वसोवास दमक नगरपालिका १ झापामा भए पनि हाल वहा कीर्तिपुर नगरपालिका २ वडाको रैथाने वन्नुभएको छ । वोल्दा अत्यन्तै गहन र मृदुभाषी डा.  भट्टराई त्रि.वि.  कीर्तिपुर  शिक्षाशास्त्र संङकायका सहायक डीन हुनुहुन्छ । एम.ए.,एम.एड.साथै नेपाल कै भाषाविज्ञानको अनुवादमा विद्यावारिधी गर्नु हुने प्रथम व्यक्ति पनि वहा नै हुनुहुन्छ । कृति प्रकाशनको आधारले वहाको लेखन उपन्यासवाट लेखनीको सुरुआत भएको पाइए पनि लेखनको विभिन्न विधामा उत्तिक्कै सशक्त कलम चलाउनु हुने डा.  भट्टराई आजभोलि वढी समालोचना तर्फ केन्द्रित हुनुभएको अनुभूत हुन्छ । नेपाली साहित्य भण्डारको उचाई थप्न वहाले मुगलान -उपन्यास २०३१,२०३४,२०४४,२०६०) मणिपुरको चिठ्ठी -उपन्यास २०३४) तीनधारा -कथा संग्रह२०३५ सहलेखन) नेपाली ध्वनिशास्त्र -भाषाविज्ञान २०३९ सहलेखन) काव्यिक आन्दोलनको परिचय -२०४९,२०६०) विदेशी बगैचाका चार  थूंगा  फूल -अनूदित बालकथा २०५१,२०५६) विदेशी बगैचाका पाँच थूंगा फूल -अनूदित बालकथा २०५१,२०५६) विदेशी बगैचाका छ थूंगा फूल -अनुदित बालकथा २०५१,२०५६) एक्लै एक्लै एक्लै -निवन्ध संग्रह ०६०) सेलेक्टेड नेपाली एसेज् -अनुवाद २०६०) पश्चिमी बलेसीका बाछिटा -२०६०) स्टोरिज फ्रम नेपाल -अनुवाद ) र अंग्रजीमा भाषासाहित्य विषायक आठवटा कृति आदि हाम्रो सामु पस्कि सक्नु भएको छ । वहि प्रखर प्रतिभाका धनी डा.  भट्टराईसंग एचके नेपाल डटकम्का प्रमुख सम्वादाता टंक सम्वाहाम्फेले गर्नु भएको इन्टरनेट वार्ता पाठकहरु समक्ष प्रस्तुत गरेका छौ ।

लेखकीय व्यस्तता, प्राध्यापन पेशा र व्यावहारिक समस्या आदिलाई कसरी तालमेल मिलाईरहनु भएको छ -

टंक भाई यो व्यक्तिगत प्रश्न हो । लेखन अत्यन्तै व्यक्तिगत अन्तरजगको नीति कार्य हो । सर्वप्रथम म व्यावहारिक जीवनबाट आरम्भ गर्दछु । मेरो अहिले व्यावहारिक समस्या केही छैन । आमा तगडै हुनुहुन्छ दमकमा । श्रीमती विश्वविद्यालयमै पढाउँछिन् । दुवै छोरी स्नातक गर्दैछन् । भाइ देवेन्द्र आफ्नै क्षमतामा हिंडिरहेका छन् । म यसरी व्यावहारिक जीवनका उथलपुथल समाप्त भएर शान्त, स्थिर अवस्थामा छु । नानीहरू पनि राम्ररी लेख्तछन् काठमाडौं पोष्टमा, भाई देवेन्द्रको कलमसँग ता तपाई पनि परिचित नै हुनुहुन्छ । एउटा ठिक्कको घर छ कीर्तिपुरमा । हामीलाई बस्न, लेख्न, पढ्न पुग्छ । हाम्रो साझा लक्ष्य पनि त्यही छ । दोश्रो कुरा प्राध्यापनको गरौं । शिक्षण पेशामा लागेको आज ३० वर्षनाघ्यो । विश्वविद्यालय प्राध्यापनका पनि २३ वर्षबिते । विगत ६ वर्षदेखि म प्रशासनमा पनि छु । हाल म अङ्ग्रेजीको प्राध्यापक र शिक्षाशास्त्र सङ्कायको को सहायक डीन छु । अब प्राध्यापनमा कमी र प्रशासकीय कार्यमा बढी मेरो दिन बित्छ । प्रशासकीय भन्दा पनि एकेडेमिक कार्य अघिक हुन्छन् । तेश्रो कुरा लेखकीय व्यस्तताको रह्यो । म बिहान बेलुका,     छुट्टिको  दिन, नेपाल बन्दमा मात्र आफ्नो लेख-पढको लागि समय पाउँछु । अलेलि चोरेर लुकेर केही समय पाएपछि त्यो यतै लगानी गर्दछु । तर त्यो समय एकाग्रतापूर्वक,  तन्मयतासाथ, एकचित्तले उपयोग गर्दछु । टीभी, रेडियो, पत्रिका, गफगाफ अन्य कुनै कुरामा दिने समय बाँकी रहँदैन । दिनको ६-८ घण्टा मेरो लेखन र पढनमा लगानी हुन्छ होला । लेखपढलाई छुट्याएकोमध्ये आधि समय पढ्नमा लगानी गर्दछु त्यसमा पनि आधि समय विश्वसाहित्य र आधि नेपाली साहित्यमा लगानी गर्दछु । अरु समय लेखनमा । लेख्नु मेरो निम्ति   सर्वाधिक मन पर्ने कुरा हो । पहिले कागजमा लेख्छु । त्यसपछि एउटा भाइले टाइप गरिदिन्छन्, धेरैपल्ट प्रुफ सच्याइरहन्छु । हरेक प्रकारले सन्तुष्टि नहुन्जेलसम्म म करेक्शन गरिरहन्छु । शब्दशब्द मिलेर उठे भन्ने बुझेपछि मात्र म सन्तुष्ट हुन्छु । लेखनमा पनि भूमिका, टिप्पणी, समीक्षा, कार्यपत्र र यस्तै कुराहरू पर्दछन् । अर्कातिर कान्तिपुरमा म नियमित लेख्तछु । त्यस लेखनको चिन्ताले मेरो मन सधैं ओगटिरहेको हुन्छ । त्यसपछि अलिक साहित्यपरक र व्यक्तिगत लेखनतिर प्रवेश गर्दछु । समयको खोलभित्र अटेसमटेस भई प्रवेश गर्न पाउँदा एक प्रकारको उकुसमुकुसजस्तो आनन्द भइरहन्छ मलाई । समय अत्यन्तै थोरै भएकोले गर्दा जतिबेला पनि मैले त्यो गर्नुछ भने तनाव भइरहेकाले गर्दा शायद म केही गर्दछु नत्र गर्दिनथेँ हुँला । त्यसमा पनि नवलेखन, चिन्तन, आन्दोलनजति मेरा रुचीका क्षेत्र भएकाले मैले नयाँ कुरा पढिरहनु पनि पर्दछ ।

लेखन क्षेत्रमा निक्कै लामो समय पश्चात् थुप्रै कृतिहरू लिएर उपस्थित हुनु भयो र छापाखानामा पनि अन्य कृतिहरू छापिंदै गरेको कुरा पनि थाहा भयो अबका दिनहरूमा फेरि पहिला कै जस्तो स्थिति नदोहोरिएला नि -

ठीकै हो भाई, मैले २०३१ सालमा मुगलान -उपन्यास) छपाएको थिएँ । यसबीचका तीन दशकमा तपाईंले भन्नु भएझैँ व्यवहार, पेशा र अन्य अल्झाहरूले धेरै दौडिन सकिन । तर मनमा सधैँ पीर भइरह्यो, भइरह्यो । अहिले आएर व्यवहार छेउ लाग्यो, जागिर अन्तिम टुङ्गोमा पुग्यो, उमेर पचास नाघ्यो र मनमा एउटा स्थिरत्व आयो । त्यसैले विगत एक दशक यता मैले निकै वर्षकेही गर्न सकिन भन्ने पीरले र मैले केही गर्न सकूँ भन्ने उत्साहले म निकै लागि परेँ । परिणामस्वरूप यस अवधिमा अङ्ग्रेजीमा -अनूदित समेत गरेर) पाँचवटा कृति निकालेँ,  अर्को पृष्ठमा जानुहोस

पृष्ठ १पृष्ठ २पृष्ठ ३