पृष्ठ २
नेपालीमा पनि पाँचवटा । अब पहिलाको स्थिति कहिल्यै रहँदैन । म वर्षो कम्तीमा एउटा कृति अवश्य प्रकाशित गर्न सक्तछु । मलाई नयाँ प्रकाशन पढनु पर्ने बाध्यता र अनुरोधले गर्दा अनि कान्तिपुरमा लेख्नैपर्ने अनुबन्धले ठूलो गुण लगाएको छ । महीनामा दुईदेखि तीनवटा रचना प्रकाशित भइरहेकै छन् । यो गतिमा म रोकिन्न र आफूलाई सम्हाल्दै गएर म अन्य प्रकाशनलाई पनि निरन्तरता दिनेछु । विगतको वर्षदनभित्र साझा प्रकाशनबाट दुईटा कृति निस्के, रत्नपुस्तक भण्डारबाट तीनवटा, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट दुईवटा र तीमध्ये दुईवटा र आधि पाठयक्रममै लागि सके । यो प्रोत्साहन मलाई अघि बढ्न पर्याप्त पुग्ने ऊर्जा लाग्दछ । गत साउन १६ गते मेरा दुई कृतिको विमोचन भयो भने यही असोज २३ मा दुईवटाको । ती मध्ये डा. बल्लभमणि दाहालको भाषिक चिन्तनमा चाहिँ म सह-सम्पादक हुँ भने विश्वविद्यालयमा अग्निपूजा मेरो नवीनतम निबन्धहरूको सङ्ग्रह हो । यसैमा मैले पूर्णरुपले उत्तरआधुनिक टेक्निकको प्रयोग गरेको छु ।

नेपाली साहित्यकाशमा विरलै पुस्तकले मात्र दोस्रो संस्करण पाउने गर्छ तर तपाईंले लेख्नु भएको मुगलान उपन्यास चौथो संस्करणमा समेत  प्रकाशित भयो   यसको प्रमुख कारण के हो त -

हो भाई, पाठयक्रममा नभएको कृति यसरी पुनर्मुद्रित हुनु खुशीको कुरा हो । दुइ वर्षअघिको चौथो संस्करण पनि सकिनै लागेको छ । यसको कारण सरल भाषामा मानवीय संवेदना र पीडालाई मैले छोएँछु जस्तो लाग्यो । भूटानमा पसेर नेपालीले अनेकौं पुस्ता बिताए, त्यहीँको भूमिमा समर्पित भए र आफ्नो संस्कृति निर्माण गरिसकेपछि भूस्वामी भइसकेपछि, राष्ट्रनिर्माणमा समाहित भइसकेपछि उनीहरू १९५०, देखि 'जातीय साफाया' (Ethnic cleanings) को विस्तारै शिकार हुन लागे । त्यसको तीस वर्षपश्चात आज पूर्वी नेपालका जङ्गल र खोलाबगर ढाकेर दुखी जीवन विताइरहेका शरणार्थीहरू हेर्दा  थाहा हुन्छ । उता भूटानभित्रको नेपाली जातिमाथि गरिएको अत्याचार र दर्दको व्यथालाई भुटानी स्वतन्त्रता सङ्ग्रामका मानवअधिकारवादी नेता टेकनाथ रिजालले हालै छपाएको निर्वासन पढ्दा थाहा हुन्छ । त्यो अत्याचारको कथाको पहिलो संस्करण २२ दिनमा बिकिसक्यो । किनकि भूटानी दर्दको त्यो जीवन्त र अनुपम कथा थियो । मैले त्यसको पूर्व सङ्केत दिएँछु । नेपाली जाति देशभित्रको कष्ट, पीडा, अज्ञानता, अभाव गरीबि वा आफ्नो वीरत्व या इमान्दारीको कारण सधैँसधैँ बाहिरीन वा विदेशिन बाध्य छ । संसारभरी आज साना ठूला नेपाली प्रवासी समूह -डायास्पोरा) छन् । मैले भूटानमै दुइवर्षसम्म बसेर त्यहाँको यथार्थ लेखेँछु । त्यसैले होला माइकल हटले मुगलानलाई भूटानी भूभागभित्र पसेर त्यहाँको यथार्थता उतार्ने डायस्पोरा अध्ययनको पहिलो कृति भनेका छन् । त्यसैले हालै यसको अङ्ग्रेजी अनुवाद हुन थालेको छ । एक वर्षभत्र निस्किएला । त्यसैले यसपालि एच्बीसी एफ्एम्का भाइ अच्युत घिमिरेले गत दुइ महिना लगाएर रेडियो वाचन कार्यक्रमअर्न्तर्गत मुगलार्नको वाचन गरिदिए । त्यसपछि मुगलानका पाठक धेरै बढेका छन् । यसलाई धेरैले खोजेका छन् । यसलाई अब आउने पाठयक्रममा राख्ने तयारी पनि हुँदैछ । शायद यी सबै सफलताहरू मलाई अझ प्रोत्साहित गर्न आएका होलान् । यसलाई यहाँको एक कलाकार समूहले फिल्माड्ढन गर्ने प्रस्ताव लिएर आएको छ । तर यसका अनुवादकर्ता लेखनाथ शर्मा पाठकले चाहिँ भारतका कलाकारसँग सर्म्पर्क गरिरहनु भइकोले म पर्खिरहेको छु । वास्तवमा मुगलान दुःख, दर्द र पीडाको कथा हो । हाम्रो जीवन सधैँ दुःखान्तक भएकाले दुःखान्तक कथाले धेर तान्दोरहेछ क्यारे । तरपनि त्यसको अन्त्यमा एउटा झिनो आशा अल्झेको छ ।

उत्तरआधुनिक साहित्य लेखन धार माथि "आख्यानको उत्तरआधुनिक पर्यावलोकन" भन्ने पहिलो समालोचना कृति नै पस्किनु भयो हालको यो नौलो विषयमा लेख्न कुनै कठिनाई महसुस गर्नु भएन - यहि विषयमा लेख्नु पर्छ भनेर कसरी उत्प्रेरित हुनु भयो -

यसबारे अलिकति भूमिका बाधौँ भाइ । विगतको निकै वर्षेखि पाश्चात्य साहित्य र समालोचनाले नेपाली सिर्जनालाई प्रभावित गरिसकेको कुराको चर्चा गर्दै आएको थिएँ । १९९० मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित मेरो काव्यिक आन्दोलनको परिचयमा मैले त्यसको पूर्व सङ्केत दिएको थिएँ । त्यसैले त्यो कृति एम. ए. तहको पाठयक्रममा लाग्यो, सन्दर्भ सामाग्रीको रूपमा बिक्यो पनि । त्यसैबेलादेखि कविता, कथा, निबन्ध उपन्यास र लेखनका अन्य क्षेत्रमा ठूलठूला परिवर्तन आएका विषयमा मैले लेखिरहें । यहाँका खासगरी समकालीन र अन्य प्रकाशन मार्फत् ती नयाँ विचार आइरहे । एक दशक पुगेपछि मैले ती सङ्कलन गरेँ, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले खासगरी तत्कालिन उपकुलपति श्री मोहन कोइरालाज्यूको प्रेरणाले त्यसलाई कृतिको रूपमा प्रकाशित गर्ने अवसर पाएँ । त्यो कृति हो पश्चिमी बलेंसीका बाछिटा । वास्तवमा उत्तरआधुनिक चरित्रका सबै कुरा र अधिकांश लक्षणको मैले उक्त कृतिभित्र चर्चा गरेको थिएँ । त्यसो त मोहन कोइराला, इन्द्रबहादुर र्राई, बैरागी काइँलार्,र् इश्वर बल्लभ, तुलसी दिवस, द्वारिका श्रेष्ठजस्ता दशकौं अघि उदाएका अग्रगण्यहरू आज पनि अनन्य छन् । ती उत्तरआधुनिक यात्राका आरम्भ विन्दु हुन् । तर सचेत भएर साहित्यका धेरै क्षेत्रमा प्रयोग गर्नेहरूमा धु्रवचन्द्र गौतम अगुवा हुन् । त्यसैकारणले गर्दा गतबर्षदशैंको छुट्टीदेखि मैले ध्रुवचन्द्रका नयाँ कथा पढन लागेँ । गत हिउँदसम्ममा ती सकेर एउटा सामान्य छलफल गरियो । त्यसपछि धेरै समीक्षक समालोचक सामू अर्को छलफल गरियो । त्यो नौलो प्रस्तुतिको उहाँहरूले प्रशंसा गर्नुभयो । त्यसबाट मलाई प्रेरणा मिल्यो र मैले त्यसलाई कृतिको आकार दिएँ । त्यसको नाम आख्यानको उत्तरआधुनिक पर्यावलोकन रहृयो । यी दुवै किताब प्रकाशित हुँदाहुँदै पाठ्यक्रममा लागिसकेका थिए । के यो निकै खुसीको कुरा होइन र - वास्तवमा नेपाली साहित्यमा सिर्जना धेरै अघि बढेको छ । सिर्जनामा नयाँपन आइसकेको छ । ती कुराको मूल्याड्ढन नयाँ दृष्टिले भएको छैन । मेरा यी दुइ कृति यस तर्फका नयाँ पाइला हुन् र यी परिपूरक छन् । यी अत्यन्तै नौला प्रयत्न हुन् र यिनीहरूबाट नेपाली समीक्षा समालोचनामा उत्तरआधुनिकता विषयमा चिन्ता र चिन्तन गर्न थाल्नेछन् भन्नेमा म विश्वस्त छु । यो नौलो विषयमा लेख्न मलाई निकै कठिन भयो किनभने एक त मैले नौलो विषयमा लेख्नुपर्ने थियो, त्यसमाथि आधिकारिक भएर लेख्नुपर्ने थियो । यसको लागि पाश्चात्य जगतका नयाँ कृति पढ्नु पर्ने हुन्छ, अलि विश्वसाहित्यतिर फर्किनु पर्ने हुन्छ । त्यसले मात्र पुग्दैन आफ्नो साहित्यमा कहाँ र कसरी ती विशेषता प्रष्ट हुन्छन् त्यो कुरा पत्ता लगाउन पढ्नु पर्छ । ठहर गरेर बोल्नु-लेख्नु पर्छ । तानाशर्माले स्वयं 'उत्तरआधुनिक ढेडूहरू' भनी एउटा लेख लेख्नुभयो, अर्का समालोचकले मलाई उत्तर वा दक्षिण आधुनिक थाहा छैन तर नयाँ समालोचना गर्दछु भने, तेस्रो समूह छ उत्तरआधुनिक क्रियाकलापलाई यो त लीला हो र यो पाश्चात्य जगतको नभई हाम्रै शास्त्रमा थियो भन्दैछ । तर सबै कुरा उतैबाट आएको हो र भूमण्डलीकरण, आजको प्रविधि र उदारतन्त्रले यी सर्वत्र फैलिएका हुन् भन्ने मेरो अठोट छ । धेरैको विचार त्यस्तै छ । विराटनगरको एउटा सभामा यी कुराहरू प्रस्तुत गर्दा एउटा लेखकले मलाई ठाडै झम्टिए र त्यसले देशभरि चर्चा पायो । यसरी नयाँ कुरा गर्न गाह्रो, भन्न गाह्रो, स्थापित गर्न गाह्रो तर आँटले, धैर्यले यस्ता कुरा अवश्य स्थापित हुनेछन्, हुनथाले । दुवै किताब एकैचोटि विश्वविद्यालयको पाठ्यक्रममा लाग्नु भनेको मान्यता पाउनु होइन र - मैले माथि उल्लेख गरेजस्ता अग्रजका नौला कृति पढ्दै जाँदा पाश्चात्य लेखन समीक्षा हेर्दै  जाँदा म नयाँतिर गहिरिन उत्प्रेरित हुँदै गएको थिएँ । कोही न कोही त यसभित्र प्रवेश गर्नैपर्ने थियो ।

नेपाल बाहिरबाट पनि नेपाली साहित्यका कृतिहरू पनि छापिइरहेका छन् साथै साईवर पत्रिकाहरूमा पनि नेपाली साहित्यको लेखन आजभोलि निरन्तर छापिन थालेको छ यस कार्यलाई कसरी हेर्नु भएको छ -

नेपाल बाहिरबाट छापिएका नेपाली साहित्यका कृतिको ठूलो महिमा छ । हिजोआज त्यस्ता प्रकारका बाहिरी भूमिमा बसेर नेपाल सम्झेका, बाहिरी जगतको सभ्यता संस्कृति नेपालीलाई चिनाउने थुप्रै कृति आइरहेछन् । म तिनीहरूको लेखाजोखा राख्ने प्रयत्न गर्दैछु, तिनीहरूको विषयमा गहिरिरिएर अध्ययन गर्ने प्रयत्न गर्दैछु । अमेरिका र बेलायतका, स्पेनका सम्झना गराउने कृतिमा तानाशर्मा र लैनसिंह बाङ्गदेल अगुवा थिए । आज अमेरिकी, बेलायती, रसियाली, जापानी तथा अन्य भूभागमा रहेका नेपालीबाट अनेक कृतिहरू आइरहेछन् । जस्तो कि भर्खरै प्रकाशित लाम मासिकमा विश्वासदीप तिगेलाको गृहयुद्धका पीडा उपर चर्चा गर्दा हालैका वर्षा निस्केका एक दर्जन कृतिको मैले उल्लेख गरेको छु । म तिनीहरूको छुट्टै विश्लेषण र चिनारी प्रस्तुत गर्नेछु । अहिलेको संस्कृति बहुलताको हो । समाज बहुलताको हो । सोच बहुलताको हो । त्यसकारणले बाहिरी जगतको अनुभूति र दुःखसुख बताउने कृति पढिएन भने, नेपाली डायस्पोराबारे ज्ञान रहेन भने, अरु भूगोल, संस्कृति र इतिहासबारे ज्ञान रहेन भने हामी सीमित हुन्छौं । त्यसैले मलाई लाग्छ बाहिरी जगतमा बसेर लेखिएका कृतिको ठूलो महत्व छ । यो वर्षमात्रै तिगेला भाइको गृहयुद्धका पीडा, ओमशंकर गुरुको जर्मनीमा बसेर लेखेको कविता संग्रह, जय छाङ्छा र अमर नेम्वाङ्गको अमेरिका अनुभव, चन्द्रकान्त आचार्यको रसियन/बेलायती अनुभव, विश्वम्भर चञ्चलको बेलायती र अन्य मुलुकको अनुभव, विन्दू सुवेदीको जापानी अनुभव आए । अरु पनि यस्ता आइरहेछन् । हङकङतिर रहने टंक सम्वाहाम्फे र देश सुब्बाको पढेँ, अरु पनि छन् भन्ने सुन्दछु- मैले पढ्न भेट्न पाएको छैन । यो एउटा छुट्टै अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण विषय हो । यसले नेपाली साहित्यलाई विश्वसँग जोड्छ, यसले एक मात्र होइन अनेक भूगोल र संस्कृतिलाई भित्र्याउँछ, यसले हाम्रो दृष्टिकोण फरक पार्छ, यसले बाहिरी जगतको नेपाली आप्रवासी जगतबारे जानकारी दिन्छ । बाहिरका अनलाइन साइबर पत्रिकातिर त्यति मेरो दृष्टि पुग्न भ्याएको छैन । त्यसको सूची र जानकारी भने छ । व्यापक विश्वबाट नेपाली साहित्यलाई गरिएको सेवासँग जोडिएर बग्न मैले सबै साइबर प्रकाशनसँग सर्म्पर्कमा रहनु पर्ने । मैले त्यति भ्याएको छैन म अलिक आफ्नै व्यस्ततालाई पनि दोष दिएर उम्किन चाहन्छु । तर अर्को वर्षयही प्रश्न सोध्नु भएछ भने मेरो उत्तर अर्कै हुनेछ । नेपालभित्र अनेकौं सामग्री प्रिन्टेड र्फममै प्राप्त हुने हुँदा इलेक्ट्रोनिक मिडियातिर म त्यति नपसेको हुँला । यो कमजोरीले मलाई  अर्को पृष्ठमा जानुहोस्

पृष्ठ १पृष्ठ २पृष्ठ ३