दृष्टिविहीन कान्छीमायालाई हङकङबाट २ लाख सहयोग

हुम तमु / एचकेनेपाल डट कम-

पोखरा, लमजुङ सेवा समिति हङकङले लमजुङ जिल्ला क्होलासोंथर गाँउपालिका वडा नं. ८, घाम्राङ घिचे निवासी दृष्टिविहीन ५ वर्षीया कान्छीमाया गुरुङलाई २ लाख १७० रुपैया सहयोग गरेको छ।

पोखरा १२ माटेपानीस्थित हिमाली साँस्कृतिक परिवारले बुधवार सहारा क्लव हङकङका सचिव समेत रहनु भएका लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ र तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङको स्वागतमा आयोजना गरिएको कार्यक्रममा चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई हङकङ अध्यक्ष खम गुरुङले उक्त रकम सहयोग गर्नुभएको हो । यसरी नै केसबहादुर गुरुङले १० हजार सहयोग प्रदान गर्नुभएको थियो ।

क्होला सोथर गाँउपालिका वडा नं. ८ घाम्राङ घिचे निवासी, चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई दुई वर्षको उमेरदेखि दृष्टि विहिन अपाङ भएको र आर्थिक अवस्था कमजोरका कारण उपचार गर्न नसकिएको र विगत केही समयदेखि विभिन्न संघ संस्थाको सहयोगमा न्युरो अस्पताल काठमाडौंमा टाउकोको सल्यक्रिया गर्ने क्रममा उक्त सहयोग गरिएको हो।

कार्यक्रममा लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ उपचार सहयोग रकम हस्तान्तरण गर्नुहुदै लमजुङबासीको समस्याहरुमा साथ दिनका लागि आफूहरुले करोड अक्षयकोष स्थापना गरेको बताउनुभयो। विदेशको व्यस्त दैनिकीसँगै भूकम्प पीडितलाई १० लाख भन्दा बढी सहयोग गरेको, लमजुङ बेसीसहरमा फुटवल मैदान बनाउन पहल भईरहेको जानकारी दिनुभयो । हिमाली गुरुङ परिवारमा गुरुङ युथ फोरमको अध्यक्ष भई शुरु गरेको रक्तदान कार्यक्रमले निरन्तरता पाइरहदा खुशी लागेको बताउनुहुदै दुख सुखमा सबै लमजुङेहरु एकतावद्ध हुन आग्रह गर्नुभयो।

तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङले विदेशमा रहेर पनि आफूहरु सामाजिक सेवा गरिरहेको बताउनुहुदै तमु समाज बेल्जियमले भुकम्प पीडितका लागि तमु धिं नेपाल, प्रधानमन्त्री राहतकोष र गैरआवासीय नेपाल संघ संस्थालाई ३२ लाख रुपैया प्रदान गरेको बताउनुभयो।

वडा अध्यक्ष राजु गुरुङले दृष्टि विहिन कन्यामाया गुरुङको उपचारका लागि देश विदेशबाट सहयोग गर्नुभएका सहयोगीहरुलाई धन्यवाद दिनुहुदै गाँउको विकास, सुखदुखमा सबैको एकता र साथको आवाश्यकता रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा दृष्टिविहीन कन्यामाया गुरुङको उपचारका लागि विशेष सहयोग उपलब्ध गराउनुभएको भन्दै क्होला सोंथर गाउपालिका वडा नं. ८ वडा कार्यलयले लमजुङ सेवा समिति हङकङका अध्यक्ष खम गुरुङलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

हिमाली गुरुङ परिवारका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा समिति संयोजक विजुली बहादुर गुरुङले गर्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20219