हङकङमा भयंकर कार दुर्घटना, जलेर एकको मृत्यु

जसको शरीर एकाबिहानै कार दुर्घटनामा खरानी भयो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ब्राइड पूल रोड हुदै ताई पोतर्फ जाँदै गरेको प्राईभेट कार शा ताउ कोकमा आइतवार विहान दुर्घटना हुंदा ३७ वर्षीय वु हाई चुङको जलेर मृत्यु भएको छ।

उनीसंगै सवार ४९ वर्षीय अर्का पुरुषको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

विद्युतको बक्स र पोलमा ठोकिनसाथ कार जलेपछि यो भयंकर ठूलो मानवीय क्षति भएको हो। स्पोर्ट्स कारका सौखिन चुङले विभिन्न लक्जरी स्पोर्ट्स कार र पाटपुर्जाका फोटोहरु सामाजिक सञ्जालहरुमा शेयर गर्नमा साथीहरुबीच उनी परिचित थिए।

यो पनि हेर्नुहोस्

तसौः अनसीसीएचके





Comments

comments

Leave a Reply

22109