सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट !

३३ केजी सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले ६ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ।

अभियुक्तहरूको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले मुख्य नाइके चूडामणि उप्रेती, उनका भाइ रमेश र मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको खबर कान्तिपुरमा छ।

अनुसन्धानबाट पछिल्ला तीन वर्षमा उनीहरू दर्जनौंपटक दुबई गएको पत्ता लागेको छ।

समितिले विमानस्थलस्थित अध्यागमन विभागलाई वैशाख ७ मा पत्र काटेर संगठित सुन तस्करमा संलग्नहरूको ट्राभल हिस्ट्री मागेको थियो। त्यसअनुसार सन् २०१३ यता गोरेले पाँच फरक–फरक पासपोर्टबाट विदेश यात्रा गरेको देखिन्छ।

उनले सन् २०१३ मा ०६७२२८९१ नम्बरको तथा २०१४ मा ०७६३६७१९ र ३६०५९३८१ नम्बरको पासपोर्ट प्रयोग गरेका थिए । त्यस्तै फरक–फरक मितिमा उनले ०८४७३४४० र ०७९३६३०३ नम्बरको पासपोर्ट निकालेको पाइएको छ । बारम्बार यात्रा गर्दा छिट्टै पासपोर्टको पाना सकिने भएकाले ६ वर्षमा पाँचवटा पासपोर्ट प्रयोग गरेको देखिन्छ।

२०१३ मा निकालिएको ०६७२२८९१ नम्बरको पासपोर्टबाट गोरे एकपटक मात्रै दुबई गएको देखिन्छ । त्यसपछि सन् २०१४ मा दुबई पुगेका उनी एकैचोटि २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्केको देखिन्छ । उच्च स्रोतका अनुसार भारतबाटै दुबई जाने र दिल्ली ओर्लेर स्थलमार्गबाट नेपाल छिर्ने गरेकाले उनी कतिपटक दुबई गए भन्ने रेकर्ड अध्यागमन विभागमा देखिन्न।

पछिल्लोपटक सन् २०१६ मा ०८४७३४४० नम्बरको पासपोर्टबाट गोरेले अन्तिमपटक त्रिभुवन विमानस्थल प्रयोग गरेर यात्रा गरेको देखिन्छ । यो पासपोर्टबाट उनले एकपटक मात्रै यात्रा गरेको विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा छ । २०१४ मा निकालिएको ०७६३६७१९ नम्बरको पासपोर्टबाट गोरेले सन् २०१४, १५ र १६ मा दसपटक विदेश आउजाउ गरेको देखिन्छ ।

गृह स्रोतका अनुसार २०७३ भदौ २ गतेयता गोरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेश गएको देखिन्न ।

स्रोतका अनुसार स्थलमार्गबाट दिल्ली जाने र त्यहाँबाट सोझै दुबई जाने गरेका कारण गोरेको ट्राभल हिस्ट्री अध्यागमनमा नदेखिएको हो ।

दुबईमा बसेर संगठित सुन तस्करीमा संलग्न भनिएका र मोरङ जिल्ला अदालतमा फरार अभियुक्तका रूपमा मुद्दा चलाइएका गोरेका भाइ रमेशले पनि अस्वाभाविक रूपमा बारम्बार दुबई आउजाउ गरेको देखिन्छ । २०१४ जुन १८ मा पहिलोपटक दुबई गएका रमेश सन् २०१८ सम्म २१ पटक विदेश गएको र २० पटक स्वदेश फर्केको अध्यागमनको रेकर्डमा छ । पछिल्लोपटक उनी गत फागुन ६ गते दुबई उडेको देखिन्छ । त्यसयता उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर काठमाडौं फर्केको देखिँदैन ।

संगठित सुन तस्करीमा मुख्य भरियाका रूपमा काम गरेका टेकराज मल्लले सन् २०१७ यता मात्रै ६ पटक दुबई जाने–आउने गरेको देखिन्छ । मल्लले सुन लिनकै लागि आफू प्रत्येक महिनाजसो दुबई गएको बयान दिएका छन् । बयानमा उनले कहिले १५ दिन त कहिले तीन दिनकै फरकमा सुन लिन दुबई गएको बताएका थिए । यसैबाट बुझिन्छ, बारम्बारको उनको दुबई यात्रा सुन लिनकै निम्ति हुन्थ्यो । त्यस्तै मोहम्मद उस्ताद मियाँ तीनपटक दुबई गएको ट्राभल हिस्ट्री देखिन्छ ।

छानबिन समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । अभियोगपत्रमा २०१५ को जुलाईयता ५ सय २१ पटक सुन ल्याइएको उल्लेख छ । विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाले बयानक्रममा प्रत्येक साताको अन्तरमा एकचोटि सुन आउने गरेको बताएका छन् ।

यस्तै प्रवृत्ति अघिल्लो ३३ किलो ५ सय ग्राम संगठित सुन तस्करीको घटनामा पनि देखिएको थियो । अनुसन्धानमा ब्युरोले विष्णुप्रसाद सुवेदी र सन्तोष काफ्लेलाई शंकाको घेरामा राखेको थियो । १७ महिनाको अवधिमा काफ्ले १९ पटक र सुवेदी १ सय ८ पटक काठमाडौं–दुबई आउजाउ गरेको तथ्य अनुसन्धानमा खुलेको थियो । उक्त घटनामा काफ्ले पक्राउ परे भने सुवेदी फरार नै रहे ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23192