कोलोराडो सप्ताहमा खर्च र आम्दानी कति भयो?

नातिबाबु भट्ट –
कोलोराडो, अमेरीका। हालै सम्पन्न कोलोराडो सप्ताहको खर्च आम्दानीको बिस्तृत प्रतिवेदन तयार पार्न ३ सदस्सीय लेखापरिक्षण समिति गठन गरिएको छ।

आर्थिक समितिका संयोजक डा.संगिता श्रोत्रीयाको आग्रहमा सप्ताह कार्यक्रमको संयोजक संस्था नेपाली घरको कार्यसमितिको बैठकले लेखापरिक्षण समिति गठन गरेको हो।

यसरी गठन गरिएको समितीमा सोम आर्याल, प्रकाश सिटौला र ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोको प्रतिनिधि रहने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताए।

आर्थिक समितिले यस अगाडि नै सप्ताहको अवधिमा भएको खर्च तथा नगद आम्दानीको मोटा मोटी हरहिसाव सार्वजानिक गरिसकेको छ । जस अनुसार नगद रकम १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट आम्दानी भएकोमा ४४ हजार १४ डलर ८ सेन्ट खर्च भई संस्थाको खातामा ७६ हजार ८ सय ९० डलर ७ सेन्ट रहेको कोषध्यक्ष जगदिश ढकालले बताएका छन्।

नेपालीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन “नेपाली घर” निर्माण गर्न दाताहरुले दान गर्न प्रतिबद्धता गरेको रकम र खर्च, आम्दानीको बिस्तृत प्रतिवेदन तयार पार्न लेखा परिक्षण समिति गठन गरिएको कोषाध्यक्ष ढकालले प्रष्ट्याएका छन्।

कोलोराडोमा कृयाशिल सामुदायिक संघ संस्थाहरुको आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिखसम्म आयोजित सप्ताहमा दाताहरुले नगद र दान गर्न प्रतिबद्धता जनाएको रकम गरि जम्मा ५ लाख ८१ हजार १ सय ७१ डलर ६० सेन्ट संकलन भएको सार्वजानिक भईसकेको छ।

अब यसको बिस्तृत प्रतिवेदन तयार भएपछि सवै संघ संस्था, गन्यमान्य, अध्यक्ष मण्डल, दाता, बुद्धीजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुको उपस्थितिमा टाउनहल मिटिङमा प्रतिवेदन सार्वजानिक गरिने आर्थिक समितिका संयोजक डा.संगिता श्रोत्रीयाले बताएकी छन्।





Comments

comments

Leave a Reply

23434