सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ।

सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ।

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए ।

उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए।





Comments

comments

Leave a Reply

24949