फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ ।

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।

नेपाल प्रहरीका एक पूर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पूर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे ।
त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।

बुहारी आश्चार्यमा परिन् ।
अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् ।

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्यो ।
उनी भूपू डिएसपी भएको पत्ता लाग्यो ।

नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।
गत शुक्रबार उनलाई महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।
दृष्टि साप्ताहिकमा खबर छ ।





Comments

comments

Leave a Reply

25027