पूर्व टुरमा कन्दरा ब्याण्ड

धरान / करिब अढाई दशकअघि स्थापना भएको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दरा आगामी असोज १२ गते देखि पूर्वको तीन मुख्य शहरहरुमा आफ्नो सांगीतिक कार्यक्रम लिएर आउदैछन् ।

असोज १२ गते शुक्रबार दमकमा निर्माणाधीन रहेको हाम्रो बाल आश्रम निर्माणमा सहयोग पुर्याउने अभिप्रायले दमकस्थित सरस्वती माबिको मैदानमा कन्दरा लाइभ इन कन्सर्ट -दमक आयोजना हुदैछ भने असोज १३ गते शनिबार बिर्तामोडको टावर टेम्पल स्कुलको मैदानमा भान्जा इन्टरटेनमेन्टको आयोजना कन्दरा लाइभ इन कन्सर्ट -बिर्तामोड आयोजना हुदैछ । दुवै शहरमा पहिलो पल्ट प्रस्तुति दिन लागेको कन्दरा ब्यान्डले आगामी असोज १५ गते सोमबार १९ बर्षको अन्तरालमा धरानमा हुने कन्दरा लाइभ इन कन्सर्ट -धरानमा आफ्नो प्रस्तुति दिने भएका छन्।

लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी त्यो गाउँमा ’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छीको ’ बिश्वासको दियो , बिदिसिएर गईन उनी जस्ता थुप्रै चर्चित गीतहरु गाएको कन्दरा ब्याण्ड लामो समयको ग्यापपछि पुन सांगीतिक क्षेत्रमा अहिले निक्कै सक्रिय छन्।

गत बर्ष पनि उर्लाबारी र इनरुवामा प्रस्तुति दिन आएको कन्दरा ब्याण्ड अहिलेको पूर्व टुरबाट एकदमै उत्साहित रहेको मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बताउछन् । दमक र बिर्तामोडमा पहिलो पल्ट र धरानमा १९ बर्षको अन्तरालमा कार्यक्रम गर्न आउदैछौ , दर्शक स्रोताहरुको राम्रो साथ पाउने आशा कन्दराका बिबेक श्रेष्ठ बताउछन्।

सिल्भर इन्टरटेनमेन्टको व्यस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुन लागेको हो।





Comments

comments

Leave a Reply

25032