हङकङमा नेपाली चेलीहरुको नयाँ ब्यवसाय

एचकेनेपाल डट कम संवाददाता –

हङकङ, लामो अनुभवपछि नेपाली दिदीबहिनी मिलेर सुरु गरेको नयाँ ब्यवसायबारे धेरै नेपालीलाई थाहै नभए पनि बिदेशीहरुमाझ लोकप्रिय बनिरहेको छ।

नेपाली दिदीबहिनीले सुरु गरेको अनलाईन सपिङ र स्टोर “बेबी बेशीकस“ले बिदेशी ग्राहकहरुको मन जित्न थालिसकेको छ । गत साता सेण्ट्रलको क्विन्स रोडस्थित लनसिंग हाउसको सातौ तलामा “बेबी बेशीकस“ नामक स्टोर संचालनमा आएको हो।

हङकङमा चर्चित “बम्ब टु बेबस“ नामक स्टोरमा डेढ दशक भन्दा बढी ब्रान्च म्यानेजर र एडमिष्ट्रेशन म्यानेजरको अनुभव संगालेका दिदीबहिनी आरती लिम्बु र अनुराधा लिम्बु क्षेत्रीले केहि लगानीकर्ताको साथ पाएर सुरु गरेको ब्यवसाय भने अरु नेपालीहरुले गरिरहेको भन्दा फरक छ। १५ वर्ष भन्दा बढी अर्काकोमा काम गरेपछि लिम्बु दिदीबहिनी आफै ब्यवसायमा होमिएका हुन्।

“बेबी बेशीकस“ मा गर्भवती महिला, नवजात शिशुदेखि १० वर्ष मुनिका बालबालिकाहरुको लागि सबै किसिमका उपयोगी स्वस्थ्य सामाग्री, पहिरन, खेलौना आदि उत्पादन एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध छन । चल्दा चल्दैको “बम्ब टु बेबस“ अचानक बन्द भएपछि लिम्बु दिदीबहिनीले लामो अनुभव खेर नफालि “बेबी बेशीकस“ नामबाट त्यसलाई पुनर्जीवन दिएका हुन । आरती भन्नुहुन्छ, “हामीले जानेको काम यहि थियो, फेरी अरुकोमा जागीर खाने भन्दा आफै केहि गरौ भन्ने लागेर ब्यवसाय सुरु गरेका हौं।“

सम्पर्कमा रहेका पुराना ग्राहकहरु नयाँ ठाउँ सोध–खोज गर्दै आउन थालिसकेको उहाँ बताउनुहुन्छ । स्टोरमा “बम्बस टु बेबस“ का पुराना ग्राहकहरुको भीड लाग्न थालिसकेको छ।

आरती भन्नुहुन्छ स्टोर खुलेको एक सातामा धेरै पुराना बिदेशी ग्राहकहरु आउन थालेकाछन् । “पुराना ग्राहक चिनीया तथा अन्य विदेशीहरु धेरै भएपनि “बेबी बेशीकस“ मा नेपाली ग्राहकहरुलाई पनि आकर्षित गरिरहेको उहाँ बताउनुहुन्छ।

हङकङका धेरै स्टोरहरुमा महंगो शुल्कमा बिक्री भइरहेका र नेपालीहरुले पनि प्रयोग गर्दै आएका उत्पादनहरु अरु ठाउं भन्दा सस्तोमा उपलब्ध गराईरहेको दाबी स्टोरको छ । लिम्बुका अनुसार बेलायत र युरोपका अरु देशबाट सिधै कण्टेनरहरुमा सामान मगाउने भएकाले एउटै सामान बाहिर भन्दा सस्तो र कतिपय सामान अन्य स्टोरमा भन्दा आधा मूल्यमा समेत दिन सकेको हो।

बच्चाको स्किन केयर “चाईल्ड फाम“ नामक बेलायतको लोकप्रिय उत्पादन अरु स्टोरमा भन्दा निकै सस्तोमा उपलब्ध रहेको लिम्बु बताउनुहुन्छ।

लिम्बुका अनुसार वातावरणमैत्री स्तरीय उत्पादनहरु सस्तोसगै अनलाईन शपिङ र हङकङभरी होम डेलीभरी सेवा समेत एकसाथ सुरु गरिएको छ । ५०० हङकङ डलर भन्दा बढीको सामान अनलाईनबाट अर्डर गर्ने ग्राहकलाई होम डेलीभरी सेवा समेत हाजीर छ।

बेबीबेशीकसएचकेडटकम (www.babybasicshk.com) मा गएर सजिलैसंग लग ईन गरी सामान रोजेर अर्डर गर्न सकिने र होम डेलभिरीको लागि भ्यान सहितको छुटटै आफ्नै टीम रहेको लिम्बु बताउनुहुन्छ।

आफूहरुको काम र ब्यवसायको अनुभव देखेर अरु पनि नेपाली दिदीबहिनीहरुले जानेको–सिकेको ब्यवसायमा हात हालुन भन्ने चाहना लिम्बु दिदी–बहिनीको छ। स्थानीय चिनीया र बिदेशी ग्राहकहरुको मन जित्दै आएका लिम्बु दिदी–बहिनी हङकङमा रहेका नेपालीहरुले पनि आफूहरुको काम र ब्यवसायलाई हौसला–माया दिनुहुनेछ भन्ने आशामा हुनुहुन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25192