वामदेवको लागि बलिदानी दिएका रामवीर के भन्छन्?

काठमाडौँ । काठमाण्डौ क्षेत्र नम्बर सातबाट राजिनामा दिएर नेकपाको वरिष्ठ नेता वामदेव गौतमलाई मार्ग प्रशस्त गरेका रामवीर मानन्धरले समृद्ध नेपालको निर्माणको लागि आफूले सांसद पद छोड्ने निर्णय गरेको बताएका छन्।

वामदेव गौतमको लागि मार्ग प्रशस्त गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । नेता गौतम मुलुकको लागि आवश्यक नेता भएको उनको भनाइ छ । आफ्ना मतदाताको सम्मान गर्दै सांसद पदबाट राजिनामा दिने निर्णय गरिएको उनले बताए । नेता मानन्धरले पार्टी एकताको लागि पनि वामदेव गौतमको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन्।

नेता वामदेवलाई जिताउनको लागि आफूले अभियान सञ्चालन गरीसकेको जानकारी दिए । नेता मानन्धरले अवसर पाएको खण्डमा पार्टी र सरकारभित्र रहेर जनताको पक्षमा काम गर्न तयार रहेको जानकारी दिए । उनले वामदेवलाई जिताउँदै नयाँ सन्देश दिन आफू आतुर रहेको उनको भनाइ छ ।





Comments

comments

Leave a Reply

25223