सामाजिक सञ्जाल प्रयोग गर्न पूर्वअनुमति लिनुपर्ने, अन्यथा कारबाही गरिने

काठमाडौं, १७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागु हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिकस्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्वीरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ।





Comments

comments

Leave a Reply

25498