चर्चित गायिका मेलिना राई र गायक बीरेन्द्र मालाकारको डम्फु र टुङना

काठमाडौँ: चर्चित गायिका मेलिना राई तथा गायक बीरेन्द्र मालाकार सेलो गीतको म्युजिक भिडियो “डम्फु र टुङना” सार्बजनिक भएको छ।

दर्जनौ चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राई तथा चर्चाको शिखर चड्दै गरेका गायक बीरेन्द्र मालाकारको नयाँ सेलो गीत डम्फु र टुङना भर्खरै मात्र बजारमा आएको हो।

बीरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस गीतमा कुल्बा सुब्बाको संगीत रहेको छ। छायाँकार चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाई अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ।

भिडियो हेर्नुहोस :





Comments

comments

Leave a Reply

26706