बेलायतमा BGNCCSC -Wales को उत्साहजनक कार्यक्रम

सन्तोष थलङ –

BGNCCSC – Wales को अायोजनामा 24 मार्च 2019 कादिन “अोकफिल्ड कम्युनिटि हल कोम्ब्रान” मा अायोजित ब्रिटिश गोरखाका नागरिकता र गोरखा सत्याग्रह अान्दोलनका बिषयमा जानकारी एवं अन्तरक्रिया कार्यक्रम भब्य, सभ्य र पूर्ण सफलताका साथ सम्पन्न भयो।

कार्यक्रमले उपस्थित गोरखा समुदायलाई हाम्रा मुद्धा र अधिकारसम्बन्धी सुस्पष्ट बनाउनका साथै संघर्शरत अभियन्ताहरुलाई उत्साहका साथ थप क्रियाशील बन्न प्रेरित गरेकोछ।

BGNCCSC – Wales का संयोजक श्री नरेन्द्र इधिङ्गोको अध्यक्षतामा सम्पन्न उक्त बैठक सचिब तार्जन राईले संचालन गर्नुभएकोथियो । सह संयोजक मिन पाइजाले कार्यक्रमको उद्धेश्य प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भयो। साथै वेल्स नेपाली समुदायका बरिष्ठ ब्यक्तित्व मेजर दल बहादुर लिम्बूले उपस्थित सम्पूर्णलाई स्पष्ट भइ यो महत्वपूर्ण अभियानमा एकाकार भएर लाग्न अाग्रह गर्दै अाफ्ना भनाइहरु संक्षेपमा राख्नु भएको थियो।

कार्यक्रमको मुख्य बिषय ब्रिटिश गोरखाका बंशजको नेपाली नागरिकता निरन्तरता अान्दोलनको उद्धेश्य, कानूनी एवं संबैधानिक अाधारलगायत यसका सकारात्मक तथा नकारात्मक परिणामका बिषयमा यस अभियानका युके नेपाल संयोजक सन्तोष थलङले जानकारी गराएकाथिए।

त्यसैगरि BGNCCSC -UK का कोषाध्यक्ष मन माबोहाङले हाल सम्मको कोषको संक्षिप्त बिवरण सुनाउदै पारदर्शिता र यो अभियानमा अर्थको महत्व बारे प्रकाश पार्नु भएको थियो।

त्यसैगरी 1997 को चर्चित GRU काण्डका एक सकिय गोरखा अभियन्ता तथा हाल स्थानीय सरकारका निर्वाचित वडाध्यक्ष नारायणध्वज मल्लले नयाँ पंजिकरण ब्यवस्था बारे महत्वपूर्ण जानकारी गराउनुभयो।

त्यसपश्चात गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक तथा गोरखा अान्दोलनका महामानव ज्ञानराज राईले हालसालै वेलायत सरकारले घोषणा गरेको IPC 7 को षढयन्त्र र अबका थप अान्दोलनको योजना साथै हाल भइरहेको गतिबिधि र तयारीका बिषयमा स्पष्ट पार्नुभएको थियो।

त्यस पश्चात, BGNCCSC -Wales का कोषाध्यक्ष चोङबाङलगायत अन्य महानुभावहरुले राख्नु भएको जिज्ञासाहरुमाथि छलफल गरिएको थियो।

अन्त्यमा सभाध्यक्ष नरेन्द्र इधिङ्गोले, हामी गोरखाहरु भुद्धु र बहादुर भएर अर्काका लागि लड्यौं, अब अाफ्नै लागि बाठो र बहादुर भएर लड्न सक्नु पर्ने अभिब्यक्ति राख्दै सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभएको थियो।
जय गोरखा !!!





Comments

comments

Trending Now : राष्ट्रपति भण्डारी चीन जाने, विमान भाडा दैनिक एक करोड ६५ लाख