‘पब्जी’ खेल्ने बालबालिकामा भेटियो मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

काठमाडौँ – बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन्।

यो खेलले हिंसाप्रति उनीहरुको लगाव बढेको मनोचिकित्सकहरु बताउँछन् । खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरु पुगेका हुन्।

‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरुमा विस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ। कान्तिपुर दैनिकमा सरोज कुमारी चौधरीले यो समाचार लेखेकी छिन्।





Comments

comments

27977