नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौँ, नेपालमा सरकारले इन्टरनेटमा खेलिने भिडियो खेल पब्जीमाथि प्रतिबन्ध लगाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाउंन सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो।

खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन्।

यसअघि, बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका थिए।

खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरु पुगेका थिए।





Comments

comments

28094