हिजोसम्म माया गर्यौ तिमीले

काठमाडौं, नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा आफ्नो घर परिवारलाई छोडेर बिदेशिनु पर्ने बाध्यता र अर्कोतिर आफूले प्राणभन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गएपछिको पीडालाई यस म्युजिक भिडियोमा देखाइएको छ।

भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको दमदार अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियोमा जेनिथ शर्माको निर्देशन रहेको छ।

हरिश महराको छायांकन सुजन शाहिको सम्पादन रहेको यस भिडियोको कथा परिकल्पन भने मुना खरेलको हो। सन्तोष तामाङ्को पहिलो शब्द सिर्जना रहेको यस गीतमा राकेश ओलीको सङ्गीत संयोजन रहेको छ भने स्वर समेत ओलीकै रहेको छ।





Comments

comments

28100