पोल्यान्डका दुई नागरिक नेपालमा पक्राउ

डलर र पाउन्ड स्टर्लिङ तस्करीको आरोपमा प्रहरीले पोल्यान्डका दुई नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार बिहान विमानस्थल प्रहरीले २८ वर्षीय माकासी मिलियन विग्लोस्की र २७ वर्षीय जाकुब स्टेकीलाई पक्राउ गरेको हो । कतारतर्फ जाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

विग्लोस्कीसँग १३ हजार ६ सय अमेरिकी डलर, पाँच हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद भएको छ । त्यस्तै, स्टिकीको साथबाट ६ हजार एक सय अमेरिकी डलर र पाँच हजार युरो बरामद भएको छ । कुनै पनि विदेशी नागरिक नेपाल आउँदा पाँच हजार डलरभन्दा धेरै विदेशी मुद्रा ल्याएमा भन्सारमा त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । तर, उनीहरूले कुनै जानकारी गराएका थिएनन् ।

उनीहरूले तस्करीकै उद्देश्यले विदेशी मुद्रा लुकाएको प्रहरीले जनाएको छ । ‘उनीहरूले पाँच हजार डलर बाहिर खल्तीमै राखेका थिए,’ विमानस्थल प्रहरीका एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘बाँकी रकम लुकाएका थिए, उनीहरूलाई पाँच हजारभन्दा धेरै बोक्न पाइन्न भन्नेबारे जानकारी भएको देखिन्छ ।’ उनीहरूले एटिएम ह्याकिङ तथा अन्य कुनै अवैध कामबाट सो रकम प्राप्त गरेको हुन सक्नेसमेत प्रहरी आशंका छ । उनीहरूलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको खबर नयाँ पत्रिकाले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28239