मन्त्रीबाटै प्रधानमन्त्रीको सम्बोधन ‘बहिष्कार’

काठमाडौँ – नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।

काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए । नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका हुन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28243